खेल


इतिहास रचेको स्पेन कि उदाउँदो इटाली पुग्ला फाइनलमा?

इतिहास रचेको स्पेन कि उदाउँदो इटाली पुग्ला फाइनलमा?

नेपालखबर
असार २२, २०७८ मंगलबार १३:४२,

युरोपियन च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलका खेलहरु मंगलबार रातिदेखि सुरु हुँदै छन्।

युरोकपको पहिलो सेमिफाइनल खेलमा आज मध्यराति इटाली र स्पेन भिड्दै छन्। 

लन्डनको वेम्बली स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ। 

युरोकप सुरु भएको ६० वर्षको अवसरमा युरोपको विभिन्न ११ सहरमा खेलहरु भइरहेका छन्।

क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो। 

स्पेनले भने निर्धारित समयमा स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। 

आजको खेलको विजेताले इंग्ल्यान्ड र डेनमार्कबीचको खेलको विजेतासँग फाइनलमा भिड्नेछ। फाइनल खेल १२ जुलाईमा हुनेछ। 

इंग्ल्यान्ड र इटाली ४ वर्षपछि आमनेसामने हुँदै छन्। युरोकपमा यी दुई टोली सातौँ पटक खेल्न लागेका हुन्। 

यसअघिको ६ भेटमा इटाली र स्पेन दुवैले समान २ खेलमा जित र हारको नतिजा निकाल्दा २ खेल बराबरीमा टुंगिएको छ। 

सन् २०१२ मा भएको युरोकपको फाइनल स्पेनले इटालीलाई ४–० गोल अन्तरले हराउँदै उपाधि उचालेको थियो। 

त्यसअघिको भेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। 

इटाली आजको खेलमा त्यो हारको बदला लिँदै उपाधि नजिक पुग्ने दाउमा छ। यता १ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाउनुपरेको इटाली चौथो पटक फाइनलमा पुग्दै दोस्रो पटक उपाधि उचाल्ने योजनामा छ। 

इटालीले सन् १९६८मा युरोकप उचालेको थियो भने सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो। 

स्पेन भने चौथो पटक युरोकपको उपाधि उचाल्न आतुर छ। त्यसैले आजको खेलमा इटालीलाई हराउँदै उपाधिनजिक पुग्न चाहन्छ। स्पेनले सन् १९६४, २००८ र २०१२ मा भएको युरोकपको उपाधि उचालिसकेको छ। 

यस्तो छ २ टोलीको विगत 
‘हेड टु हेड’लाई हेर्ने हो भने इटालीभन्दा स्पेन बलियो देखिएको छ। 

विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी यी टोलीबीच अहिलेसम्म ३३ पटक भेट भएको छ। 

यी भेटमा स्पेनले १२ खेलमा जित निकालेको छ भने इटालीले ९ खेल आफ्नो पक्षमा पारेको छ। १२ खेल बराबरीमा टुंगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .