न्यायको खाजीका लागि भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ।
मंगलबार बार एसोसिएसनले आफ्नै कार्यालय अगाडि प्रदर्शन गरेको हो। सर्वोच्च अदालतल प्रशासनको विरोधमा बारले प्रदर्शनमा उत्रिनु परेको जनाएको छ।
प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको निर्देशनमा सर्वोच्च अदालत प्रशासनले रिट दायर गर्न अस्वीकार गरेको थियो। कानुन व्यवसायीले प्रधानन्यायाधीश सिफारिस विरुद्ध सर्वोच्चमा रिट दिएका थिए।

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि उनीहरू इजलासमा पुगेका थिए। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले रिट दायर गर्न आदेश दिएको थियो।
त्यसपछि पनि सर्वोच्च प्रशासनले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धका रिट दायर गरेको छैन। त्यसको विरोधमा बारले मंगलबार प्रदर्शन गरेको हो।












Shares

प्रतिक्रिया