वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।
आइतबार बिहानैदेखि थापालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कलाकार, नागरिक अगुवा, राजनीतिक दलका नेता तथा सर्वसाधारण चलचित्र विकास बोर्ड पुगेका छन्। उनको शनिबार बिहान उपचारका क्रममा निधन भएको थियो।
आजै थापाको पशुपति आर्यघाटमा अन्येष्टि गरिनेछ। त्यसअघि चलचित्र विकास बोर्डमा शव यात्रा निकालिने जनाइएको छ।















72
Shares

प्रतिक्रिया