ad ad

फोटोफिचर


टी-२० आई सिरिजमा हङकङलाई पराजित गरेपछि... (तस्बिरहरू)


सरोज नेपाल
कात्तिक २, २०८० बिहिबार १७:९, काठमाडौँ

हङकङलाई हराउँदै घरेलु मैदानमा जारी युएई सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो।

डबल राउण्ड रोविनमा हुने सिरिजको शीर्ष २ मा रहने टोलीले फाइनलमा भिड्नेछन्। नेपालले सिरिजको अर्को खेलमा शनिबार युएईसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .