हङकङको हार्बर सिटीमा पानीमा डुबेर मजदुरको मृत्यु

हङकङको हार्बर सिटीमा पानीमा डुबेर मजदुरको मृत्यु

पानीमा डुबेका मजदुरलाई बाहिर निकालिँदै (तस्बिरहरू : द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २, २०८० बिहिबार १६:५०, हङकङ

बिहीबार दिउँसो हङकङको चिमसा चोइस्थित बन्दरगाह नजिक काम गर्ने क्रममा पानीमा डुबेर एक मजदुरको मृत्यु भएको छ।

दिउँसो करिब १२ बजे हार्बर सिटीको ओसन टर्मिनलमा काम गर्ने क्रममा चान उपनामका ६५ वर्षीय कामदार समुन्द्रमा खसेका थिए।

उनी पानीमा खसेलगत्तै सहकर्मीले प्रहरीलाई खबर गरेपछि अग्नि नियन्त्रक र प्यारामेडिक घटनास्थलमा आइपुगेका थिए।

बेहोस अवस्थामा उद्धार गरिएका चानलाई तुरुन्तै अस्पताल लगिएको थियो

उद्धारकर्ताले उनलाई प्रहरीको स्पिडबोटबाट किनारामा ल्याए। त्यतिबेलासम्म अचेत भइसकेका उनलाई ढिला नगरीकन क्विन एलिजाबेथ अस्पताल लगिएको थियो। तर उनी बाँच्न सकेनन्।

अस्पतालले उनको फरेन्सिक परीक्षणपछि मात्र मृत्युको कारण बताउन सकिने बताएको छ भने प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .