साफ यू–१९ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तानबीचको खेल जारीछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेरअघि खेल सुरु भएको हो।
दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।
पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो भने भारतले यसअघिका दुई उपाधि हात पारिसकेको छ।
फाइनल खेल हेर्नका लागि दर्शकहरू उल्लेख्य उपस्थिति भएका छन्। दुवै देशका समर्थकसहित नेपाली फुटबल फ्यानहरू उत्साहित हुँदै खेल हेरिरहेका छन्।
असोज १३, २०८०, शनिबार
249
Shares
प्रतिक्रिया