ad ad

राजनीति


एमाले कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

एमाले कोशी अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

नेपालखबर
असोज १३, २०८० शनिबार १८:२०, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। शनिबार भएको मनोनयनमा अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन्। 

उनीहरूबीच सहमति गराउने प्रयास असफल भएको थियो। 

ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् भने खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन्।

खतिवडा र ढकाल दुवैका मोरङका हुन्। उनीहरू दुवै प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। 

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा खतिवडा मोरङ १ र ढकाल मोरङ ४ मा पराजित भएका थिए। खतिवडालाई कांग्रेसका डिगबहादुर लिम्बु र ढकाललाई माओवादी केन्द्रका अमनलाल मोदीले हराएका थिए। 

अहिले ढकाल एमाले केन्द्रीय सदस्य र धनकुटा इञ्चार्ज छन्।

यसअघि पनि ढकाल र खतिवडा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका पनि प्रतिस्पर्धी थिए।

त्यसबेला माधवकुमार नेपाल पक्षबाट खतिवडा र केपी ओली पक्षबाट ढकाल उम्मेदवारका रुपमा मैदानमा थिए। 

आइतबार हुने मतदानका लागि शनिबारबाट निर्वाचन कार्यक्रम सुरु भइसकेको छ। उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ।

आइतबार बिहान ११ बजेबाट मतदान सुरु हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .