निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको अवसरमा सोमबार जलपान समारोह गरेको छ।
निर्वाचन आयोग परिसरमा आयोजित जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थहरु पुगेका थिए।
जलपान समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सहभागी थिए।
त्यसक्रममा प्रतिनिधिसभामा स्थान पक्का गरेका विभिन्न दलका नेताहरुलाई पनि बोलाइएको थियो।
उक्त कार्यक्रमका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले यो निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा राखी राजनीतिक दल र उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसार खर्चलाई पद्धतिगत नियन्त्रण र नियमन गर्ने प्रयत्न गरेको बताए।
आयोगले यसअघि नै दुवै तहको निर्वाचन परिणाम राष्ट्रपति र प्रधानमन्त्रीसहितलाई बुझाइसकेको छ। मंसिर ४ को निर्वाचनका नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो ठूलो भएका छन्।
प्रतिक्रिया