फोटोफिचर


कोरोना संक्रमणको भयका बीच सेतो मछिन्द्रनाथको रथयात्रा (फोटोफिचर)


सुजन श्रेष्ठ
बैशाख ८, २०७८ बुधबार ७:१७,

कोरोना संक्रमण फेरि फैलिने आशंकामा सरकारले विद्यालय बन्द गरिरहेका बेला काठमाडौंमा भने मानिसहरुको भीडभाडसहित सेतो मछिन्द्रनाथको जात्रा लागेको छ।

बुधबार तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा असन हुँदै आज वसन्तपुर लैजाने कार्यक्रम छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।

काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार रथ परिक्रमा गरिएको हो। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad