एक्काइस दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा तथा उनले उठाएका एजेण्डाकाे सुनवाइ गर्न माग गर्दै डाक्टरहरु आन्दोलित भएका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनरत् छन्।
यसपटक २१ दिनदेखि अनसनरत् केसीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले आइतबार अस्पताल परिसरमै विरोध प्रदर्शन गरेका हुन्।
आन्दोलित स्वास्थ्यकर्मीहरुले सरकारलाई २४ घण्टाभित्र डा. केसीका माग सम्बोधन गर्न र त्यसो नगरेमा आफूहरु थप कडा रुपमा प्रस्तुत हुन बाध्य हुने बताएका छन्।
डा. केसीको स्वास्थ्य थप गम्भीर हुनुका साथै थप शिथिल हुँदै गएपछि उनलाई अक्सिजन दिन थालिएको छ।

प्रतिक्रिया