समाज


गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ सय ३ पुग्यो

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४१ सय ३ पुग्यो

नेपालखबर
असोज १८, २०७७ आइतबार ८:३०,

गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनलायले आइतबार बिहान र दिउँसो गरेर तीन पटक उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार थप ८७ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

थपिएका संक्रमितका नवलपरासी पूर्वका ५२, तनहुँका १९, लमजुङका ६, कास्कीका ३, स्याङ्जाका २, बागलुङका ३, गोरखाका २ जना रहेका छन्।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १०३ पुगेको छ भने आजसम्म संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad