झट्ट हेर्दा काठमाडौँ कंक्रिटको जंगल हो र यहाँ मान्छेको भिड मात्रै छ जस्तो लाग्छ। चारैतिर धुँवा, घुलो, फोहोर, प्रदुषण यहाँको परिचय नै बनिसकेको छ।
कमै स्थानमा मात्रै खुल्ला र सार्वजनिक स्थान देखिने यो सहरमा मान्छेबाहेक के नै छ र? जस्तो लाग्छ। मान्छेका लागि सिमन्टीका अग्ला अग्ला घरहरु बनेका छन्। यो देख्दा सिंगो उपत्यका नै मान्छेको मात्रै कब्जामा छ, यहाँ मान्छेबाहेक अरु प्राणी छँदै छैनकी जस्तो लाग्छ।
तर,त्यस्तो मात्रै छैन काठमाडौँ उपत्यकामा। एकैछिन मान्छेलाई बिर्सिएर यी क्यामरामा कैद दृश्य हेर्नुस् त ! उपत्यकामा चरैचराको साम्राज्य देखिन्छ।
उपत्यकाका गोदावरी, बज्रवाराही, साङ्ला, झोरलगायतका स्थानहरु चराहरुको घर र क्रीडास्थल हुन्। रस्टिक चिक, भद्राई, स्वर्गचरी, किंगफिसर, चील, हुचिल, चित्रकुटलगायत विभिन्न प्रजातिका चराहरु ती स्थानमा पाइने गरेका छन्। हेरौँ केही तस्बिर
Shares

प्रतिक्रिया