राजनीति


जनार्दनले भने : अब दुई नेताले के गर्लान् भनेर हेरेर बस्नु हुँदैन

जनार्दनले भने : अब दुई नेताले के गर्लान् भनेर हेरेर बस्नु हुँदैन

नेपालखबर
असार २०, २०७७ शनिबार ६:१४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी विवादलाई सीमित नेताको विवादका रुपमा मात्रै नहेर्न आग्रह गरेका छन्।

नेता शर्माले राष्ट्र देश र कम्युनिस्ट आन्दोलनमा समस्या देखिएको भन्दै अब दुई नेता ले के गर्लान भनेर हेरेर बस्न नहुने बताएका छन्।

पार्टीभित्रको विवाद हल गर्नका लागि नेकपाका नेता कार्यकर्ता अग्रसर हुनुपर्ने उनको भनाइ छ।

‘नेकपा भित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौँ, यो हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ’, शनिबार सामाजिक सञ्जाल फेसबुकमा नेता शर्माले लेखेका छन्, ‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन। पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ।’

नेता शर्माले पार्टी एकतालाई बचाइ राख्ने र कुनै पनि हालतमा पुटन नदिने बताएका छन्। ‘म दृढता पुर्वक भन्न चाहन्छु, पार्टी फुट्दैन, फुटाउन दिइँदैन’, उनले भनेको छन्।

पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिगत स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने उनको भनाई छ।

नेता शर्माले एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह समेत गरेका छन्। उनले सबै नेता कार्यकर्तालाई एकताको पक्षमा योगदान गर्न समेत आह्वान गरेका छन्।

‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु’, नेता शर्माले भनेका छन्, ‘एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad