पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीलाई कोरोना संक्रमण भएको छ।
उनले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको तर आफू ‘तगडा र स्फूर्तः’ रहेको जानकारी गराएका छन्।
संक्रमण पुष्टि भएपछि निवासमै क्वारेन्टिनमा बसेका कुरेसीले आफूले घरबाटै आफ्नो ड्युटी जारी राख्ने बताएका छन्।
पाकिस्तानी सञ्चारमाध्यम डानका अनुसार त्यहाँको सत्तारुढ दल पीटीआईका र अन्य दलका समेत थुप्रै राजनीतिक नेताहरुमा कोरोना संक्रमण भएको छ।
डानका अनुसार पाकिस्तानमा फेब्रुअरी २६ मा पहिलो संक्रमित भेटिएयता देशभर २ लाख २३ हजार ३०० संक्रमित भेटिएका छन् भने ४५ सय संक्रमितको ज्यान गइसकेको छ।
This afternoon I felt a slight fever and immediately quarantined myself at home. I have now tested positive for Covid 19. By the grace of Allah, I feel strong and energetic. I will continue to carry on my duties from home. Please keep me in your prayers.
— Shah Mahmood Qureshi (@SMQureshiPTI) July 3, 2020Shares

प्रतिक्रिया