राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (सोमबार) भारत पुगेका छन्।
उनलाई स्वागत गर्न भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल पुगेका थिए।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा टोली भारत पुगेको हो। भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य छन्।
रास्वपाका अनुसार लामिछाने जेठ २२ सम्म भारत भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा नयाँ दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीति भेटघाट गर्नेछन्।
साथै भारतमा बस्ने नेपाली समुदाय तथा पार्टी शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यसबीच लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।


Shares

प्रतिक्रिया