महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
तयारी ९० प्रतिशत पूरा भइसकेको कोषले जानकारी दिएको छ।
पशुपतिमा महाशिवरात्रि मनाउन नागा बाबाहरू आउने क्रम पनि सुरु भइसकेको छ।
स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू पशुपति आइरहेका छन्।
यही फागुन ३ गते पशुपतिसहित देशभरका शिवालयमा शिवरात्रि पर्व मनाइँदै छ।
हेर्नुहोस् यी तस्बिरमा महाशिवरात्रिका लागि पशुपतिमा भइरहेको तयारी























33
Shares

प्रतिक्रिया