हिजो घटेको सुनको मूल्य आज पनि घटेको छ। चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ।
बिहीबार तोलामा एकसय रुपैयाँमात्रै घटेको सुनको मूल्य आज तीन हजार रुपैयाँ घटेको हो।
मूल्य घटेर सुन आज तोलाको तीन लाख तीन हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबारदेखि बुधबारसम्म चार दिनमा सुनको मूल्य तोलाको १५ हजार ६ सय रुपैयाँ बढेको थियो।
यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ।
प्रतितोला ३४० रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको पाँच हजारमा झरेको छ। हिजो चाँदीको मूल्य तोलाको पाँच हजार ३४० रुपैयाँ थियो।
यही माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया