दुई पटकको विश्व च्याम्पियन इङल्यान्डसँग नेपालले रोमाञ्चक खेल खेलेको छ।
मुम्बइको वानखेडे स्टेडियममा आइतबार विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग झिनो रनले पराजित भएको हो।
एक समय जितको नजिक पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तिम ओभरमा सम्हालिन नसक्दा आइसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको छ।
तर, नेपाली टोलीको उत्कृष्ट प्रदर्शनप्रति भने नेपालीले मात्रै नभएर विदेशीले समेत प्रशंसा गरेका छन्।
अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा नेपालले ५ रन मात्र बनाउँदा जित नजिक पुगेर पनि टाढिन पुग्यो। आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपाली टोली इङल्यान्डसँग ४ रनले पराजित भएको हो।
इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो।
अब समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार इटालीसँग खेल्नेछ।
Shares

प्रतिक्रिया