नेपाली कांग्रेसको केन्द्रीय कार्यसिमिति बैठकका कारण आज केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बाक्लो चहलपहल देखियो।
पार्टी कार्यालयमा भएको बैठक कांग्रेसीजनका लागि अझ यस कारण पनि विशेष थियो कि भदौ २४ गते जेनजी आन्दोलनकारीको निशानामा परेका सभापति शेरबहादुर देउवा पहिलोपटक यही बैठकबाट सार्वजनिक हुनेवाला थिए र भए पनि।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षरको अभियान नै चलाएर सके मंसिरमा नियमित महाधिवेशन नसके विशेष महाधिवेशनको कुरा उठाए।
यस सन्दर्भमा पहिलो पटक बैठकमा उपस्थित भएका सभापति देउवाले के धारणा राख्छन् भन्ने विशेष चासोको विषय बन्ने नै भयो।
कस्तो थियो त आज कांग्रेस मुख्यालय सानेपामा चहलपहल? हेर्नुस् केही तस्बिर-


















129
Shares

प्रतिक्रिया