फोटोफिचर


गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा पदभार ग्रहण (तस्बिरहरू)


सरोज नेपाल
भदौ ३०, २०८२ सोमबार १६:३७, काठमाडौँ

नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए। 

अर्याल अधिवक्ता हुन् भने जेनजी आन्दोलनमा उनले सहजकर्ताको भूमिका खेलेका थिए। 

पदभार ग्रहण गर्दै उनले तीन वटा निर्णय गरेका छन्। जसमा प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरुप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने र मृतकका परिवारलाई प्रति मृतक रु १ लाख काजकिरिया खर्च उपलब्ध गराउने छन्। 

साथै मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसधान व्यवस्थापन गर्ने र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad