भदौ ९ गते मंगलबारदेखि सुरक्षास्थितिलाई नेपाली सेनाले नियन्त्रणमा लिएको काठमाडौंमा कर्फ्यु खुल्दा चहलपहल देखिएको छ। शुक्रबार बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सेनाले खुल्ला गरेको छ। केही घण्टाका लागि बजार खुला गरिँदा बजारमा उल्लेखनीय चहलपहल देखिएको छ।
कर्फ्यु खुल्ने समयमै राजधानीका मुख्य चोक, गल्ली र बजार क्षेत्रमा मानिसहरूको भिड देखिन्छ। सार्वजनिक सवारीसाधन र निजी गाडी सडकमा देखापरेका छन् भने सामान्य उपभोग्य वस्तु, खाद्यान्न किनमेलमा उपभोक्ताहरू निस्किएका छन्।
बिहान र साँझ मात्र खुलाइएको यो व्यवस्थाले मानिसहरूलाई आवश्यक काम र किनमेल मिलेको भए पनि कर्फ्युका कारण दिनभर बजार सुनसान नै रहेको थियो। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिबीच काठमाडौंको दैनिक जीवन क्रमशः सामान्यतर्फ फर्कदै गएको देखिएको छ।




























Shares

प्रतिक्रिया