फोटोफिचर


तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा इन्द्रजात्राको रौनक


सरोज नेपाल
भदौ २१, २०८२ शनिबार १४:४८, काठमाडौँ

देवराज इन्द्रको पूजाआजा गरी मनाइने इन्द्रजात्रा आज वसन्तपुर दरबार क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ। इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा हो।

आज बिहानैदेखि वसन्तपुर क्षेत्रमा जात्राको रौनक छाएको छ। परम्परागत धुन र बाजागाजाको संगीतले वातावरण गुञ्जायमान भएको छ भने विभिन्न टोलबाट आएका सांस्कृतिक झाँकी, लाखे नाच, पुलुकिसी (ऐरावत हात्तीको प्रतीक) नाच र सवःभक्कु नाचले जात्रामा थप रौनकता थपेका छन्।

बसन्तपुरमा विदेशी पर्यटक, सर्वसाधारणदेखि उच्चपदस्त व्यक्तित्व आउने क्रम जारी छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, जनप्रतिनिधिलगायतले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्ने प्रचलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad