नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेट प्रकरणमा कमिसनको खेल भएको भन्दै विरोध प्रदर्शन गरेको छ।
इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्ब खारेज गर्न माग गर्दै सो दलले यातायात व्यवस्था विभागको कार्यालय, मिनभवन अगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी ठेक्का खारेज गर्न, ‘जनघाती तथा राष्ट्रघाती’ निर्णय खारेज गर्न माग गरे।
सरकारले सबै दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेपछि विवाद बढेको छ।
अंग्रेजी अक्षरसहितको उक्त नम्बर प्लेट राष्ट्रहित विपरित भएको, यातायात धनीलाई सास्ती दिइएको तथा कमिशनको खेल भएको जस्ता आरोप सरकारमाथि लागेका छन्।







150
Shares

प्रतिक्रिया