फोटोफिचर


राप्रपा सभा : बल्खुमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)


सरोज नेपाल
चैत २६, २०८१ मंगलबार ११:५३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गर्न लागेको छ। राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदा यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

यतिखेर बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।

यसअघि चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन आँकलनभन्दा बाहिर गएपछि आजको सभामा सुरक्षा मजबुत बनाइएको हो।

यसका लागि हिजै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरक्षा मजबुत कसरी बनाउने भन्ने विषयमा छलफल जुटेका थिए।

राप्रपाले काठमाडौँको बल्खुमा हुने सभा शान्तिपूर्ण गरिने भनेको छ। तर, यसअघि तीनकुनेमा पनि राजावादीहरूकै समूहले प्रशासनलाई शान्तिपूर्ण प्रदर्शन गर्ने भनेको थियो। तर कार्यक्रमको सुरुदेखि नै तोडफोड र आगजनी भयो। प्रदर्शनकारीहरूले निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि माहोल बिग्रिएको थियो।

बल्खु क्षेत्रका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad