फोटोफिचर


राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा (तस्बिरहरू)


सौगात दाहाल
चैत १५, २०८१ शुक्रबार १४:३५, काठमाडौँ

सडकमा उत्रिएका राजावादी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। काठमाडौँको तीनकुने क्षेत्रबाट प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो। 

सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ।

तीनकुनेबाट प्रदर्शनकारी प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन्। प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्यास टिपेर सुरक्षाकर्मीतर्फै फ्याँकेका छन्। केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad