राजनीति


प्रहरीमाथि ढुंगा हानेपछि तीनकुनेमा राजावादीको प्रदर्शन बिथोलियो

प्रहरीमाथि ढुंगा हानेपछि तीनकुनेमा राजावादीको प्रदर्शन बिथोलियो

सौगात दाहाल
चैत १५, २०८१ शुक्रबार १४:२, काठमाडौँ

राजावादीको तीनकुनेको प्रदर्शन बिथोलिएको छ। प्रदर्शनकारीका लागि तोकिएको तीनकुने क्षेत्र तोडेर बानेश्वतर्फ अघि बढेको भीडले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।  

घेरा तोडेर दुर्गा प्रसाईँको गाडी बानेश्वर्तफ बढेपछि त्यसलाई प्रहरीले रोकेको थियो। केहीबेर प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

‍प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दै प्रहरीमाथि ढुंगा हानेपछि तनावग्रस्त अवस्था बनेको हो।  अहिले नेताहरूले सम्बोधन गर्ने कार्यम्रम प्रभावित भएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा पुगेका थिए । 

तर उनीहरूसमेत कार्यक्रमस्थल छाडेर हिँडेका छन्। प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ । अश्रुग्यासको साथमा पानीको फोहरा समेत प्रहार भइरहेको छ। 

२ जना प्रदर्शनकारी घाइते छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad