काठमाडौँ महानगरपालिका क्षेत्रभित्रको एक प्रमुख ऐतिहासिक सम्पदामा पर्ने रानीपोखरी अचेल एकाबिहानै खुल्छ।
महानगरपालिकाले सर्वसाधारणका लागि पनि खुला गरिदिएपछि बिहानैदेखि घुमघामका लागि आउनेहरू बढेका छन्। घुम्ने र तस्बिर खिच्ने त छँदै छ, टिकटक बनाउनेका लागि पनि एउटा नयाँ गन्तव्य बन्न पुगेको छ, रानीपोखरी। यहाँ प्रवेश गर्न टिकट काट्नुपर्दैन।
सहरको बीचमा पर्ने यस पोखरीसँगै यहाँ उद्यान सजाइएको छ। बीचमा बालगोपालेश्वरको मन्दिर पनि भएको मल्लकालीन यो संरचना भूकम्पपछि पुनःनिर्माण गरेर चिटिक्क सजाइएको छ। तर, पोखरीमा पानी र माछा टिकाउन भने मुस्किल भइरहेको छ। दमकलबाट ल्याएर पानी हालिन्छ। पोखरीका मुख्य सौन्दर्य माछालगायतका जीव छैनन्। रानीपोखरीमा प्रवेश गर्नेको तथ्यांक राख्ने गरिएको छैन।














753
Shares

प्रतिक्रिया