कला


‘पीताम्बर’ एनएसएल तेस्रो संस्करणको मुभी पार्टनर

‘पीताम्बर’ एनएसएल तेस्रो संस्करणको मुभी पार्टनर

नेपालखबर
चैत ११, २०८१ सोमबार १७:४९, काठमाडौँ

आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पीताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ।

नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम)ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पीताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो। नेपाल सुपर लिग यही चैत १६ गतेबाट काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फूटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन्। ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन्। खेलकुदका माध्यमबाट पनि फिल्मको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौँ’, उनले भनिन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईको निर्देशन छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।

फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्।  फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad