फोटोफिचर


नेपाल प्रिमियर लिगमा क्रिकेट पारखीको उत्साह (तस्बिरहरू)


सरोज नेपाल
मंसिर २०, २०८१ बिहिबार १७:४८, काठमाडौँ

पहिलोपटक नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ यता चलिरहेको छ। 

पाँच दिन बित्दा क्रिकेट मैदान प्रत्येक खेलमा दर्शकले भरिँदै आएका छन्। लिगमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् भने विदेशी खेलाडीका कारण र स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण भएका कारण पनि छुट्टै रौनक छ। 

खेलका क्रममा बन्ने रन र जाने विकेटमा दर्शकले मनाउने खुसियालीले लिगको सौन्दर्य बढाएको छ। 

उद्घाटन भएको दिनबाहेक अन्य सबै दिन दुईवटा खेल हुँदै आएका छन् र दुवैमा आफ्ना टोलीलाई समर्थन गर्ने दर्शकको भीड देखिँदै आएका छन्। 

हेर्नुहोस् टीयू मैदानमा एनपीएलमा दर्शकले थपेको रौनक  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad