कारोबार


एनएमबी बैंकलाई ‘लैंगिक समावेशी कार्यस्थल’को अवार्ड प्राप्त

एनएमबी बैंकलाई ‘लैंगिक समावेशी कार्यस्थल’को अवार्ड प्राप्त

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १७:५, काठमाडौँ

एनएमबी बैंकलाई २०२४ को यूएन ओमेन एशिया–प्यासिफिक डब्लुईपीएस अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थलको विशेष अवार्ड प्रदान गरिएको छ।

यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबी बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड रहेको बैंकले जनाएको छ।

यूएन ओमेन र यूएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समूदायहरूमा महिला सशक्तिकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ। एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बैंकको भनाई छ।

ती प्रयासहरुमा ‘सि लिड्स टुमरो स्कोलरसिप, एनएमबी नेक्स्टजीन बैंकिङ लिडर्स स्कोलरसिप’, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन्।

यस अवार्डले एनएमबी बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गतको यूएन ओमेनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ।

एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ। एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad