फोटोफिचर


सकियो दसैँ, फर्कियौँ कर्मथलो (तस्बिरहरू)


सरोज बैजु
असोज २८, २०८१ सोमबार १६:६, काठमाडौँ

दसैँ मनाउन कर्मथलो छाडेकाहरू फर्कन थालेका छन्। उपत्यकाबाट विभिन्न जिल्लामा दसैँका लागि गएकाहरू फर्किएसँगै काठमाडौँमा चहलपहल पनि बढ्न थालेको छ। 

कोटेश्वर, जडिबुटी, कलंकी, नयाँ बसपार्क, माछापोखरी, बल्खु लगायतका क्षेत्रमा बाहिरी जिल्लाबाट भित्रने सर्वसाधारणको संख्या बढेको हो।

यो पटक दसैँ सुरु हुनुभन्दा अघिल्लो साता देशभर परेको अविरल वर्षा पर्‍यो। त्यसपछि बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्गका कारण धेरैलाई घर फर्कने चुनौती बढेको थियो। 

विपत्तिकैबीच आफ्नो जन्मथलो र परिवार भेट्न धेरैले आ–आफ्नो व्यवस्था गरेर गाउँ फर्किए। अहिले उसैगरी विभिन्न राजमार्ग हुँदै कर्मथलो फर्कनेको भिड लाग्न थालेको छ। 

त्यसमाथि भोलि (मंगलबार) बाट सरकारी कार्यालय पनि खुल्नेछन्। सोही कारण पनि आजै आइपुग्नेगरी धेरै सर्वसाधारण उपत्यका फर्किएका छन्। 

दसैँका दिनमा राजधानीमा केही सुनसान बनेको सडकमा सवारी चाप पनि बढ्न थालेका छन्। 

यसवर्ष करिब १३ लाख सर्वासधारणले उपत्यका छाडेको तथ्यांकमा उल्लेख छ।

हेर्नुहोस् तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad