फोटोफिचर


एपीएफको च्याम्पियन शैली (तस्बिरहरू)


सरोज नेपाल
पुस १८, २०८० बुधबार १४:३३, काठमाडौँ

पहिलो उपाधि जित्ने कोशी प्रदेशको सपना एक पटक फेरि विभागीय टोली एपीएफले तुहाएको छ।

एपीएफले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। 

बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि उचालेको हो।

अघिल्लो सिजन सेमिफाइनलबाटै बाहिरिएको एपीएफले दुई वर्षपछि उपाधि हात पारेको हो। 

कोशी अघिल्लो संस्करण पनि उपविजेतामै सीमित भएको थियो। कोशी यसअघि सुदूरपश्चिमसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो। 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकिनन्। 

कोशीलाई हराएपछि एपीएफका खेलाडीले मैदानमा खुसियाली साटे। एपीएफकी ज्योति पाण्डेले सन्नयास लिइन्। यसक्रममा उनलाई गार्ड अफ अनरले सम्मान गरियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .