कारोबार


पुस २० गतेदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय ‘वुड एक्स्पो’ हुने

पुस २० गतेदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय ‘वुड एक्स्पो’ हुने

नेपालखबर
पुस १८, २०८० बुधबार १४:४९, काठमाडौँ

पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।

पुस २० गते शुक्रवारबाट शुरु हुने मेला २२ गते आइतवारसम्म तीन दिन सञ्चालन हुनेछ।

मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताए।

उनले विगत ८ वर्षदेखि सहकार्य गर्र्दै मेला सञ्चालन गरिरहेको बताए। मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिए।

उनले भने, यो प्रदर्शनीमा भारतका कम्पनीहरुको सहभागिता अलि बढी छ। ४० प्रतिशत कम्पनी नेपालका र ६० प्रतिशतमा भारत, चीन,ताइवान, मलेसियाको पनि केही कम्पनी छन्।’

प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताए। अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु रहने उनले जानकारी दिए।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको विश्वास रहेको छ। प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयर्स तथा इन्टेरियर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ।

प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .