अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्र संघ (यूएन) मुख्यालय बाहिर बिहीबार एक व्यक्तिले आफैँलाई आगो लगाएका छन्।
तिब्बती झन्डा बोकेका ती ५२ वर्षीय व्यक्तिले आफ्नै जिउमा आगो लगाएको सूचना पाएपछि प्रहरी र आपत्कालीन टोली घटनास्थलमा पुगे।
गम्भीर रूपमा जलेका ती व्यक्तिलाई अस्पताल लगियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।
न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले उक्त व्यक्तिले यस्तो कदम किन उठाए भन्ने कुरा तत्काल स्पष्ट नभएको बताएको छ।
यो विषयमा अनुसन्धान भइरहेको छ।
मृतकको पहिचान अझै सार्वजनिक गरिएको छैन।
संयुक्त राष्ट्र संघका प्रवक्ताका अनुसार घटनाका बेला सबै आधिकारिक बैठक सम्पन्न भइसकेका थिए। त्यसैले संयुक्त राष्ट्र संघको नियमित कामकाजमा कुनै प्रभाव परेन। एजेन्सी
4.3k
Shares

प्रतिक्रिया