खेल


१६ वर्षपछि स्पेन अन्तिम १६ मा, अस्ट्रिया ३-० ले पराजित

१६ वर्षपछि स्पेन अन्तिम १६ मा, अस्ट्रिया ३-० ले पराजित

नेपालखबर
असार १९, २०८३ शुक्रबार ४:५२, काठमाडौँ

फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ। 

स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल  गरेको हो। सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न  सकेको थिएन।

अमेरिकाको लस एन्जलस स्टेडियम (सोफी स्टेडियम)मा भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मद्दतमा स्पेनले अस्ट्रियामाथि सानदार जित हात पारेको हो।

स्पेनले अब अन्तिम ८ मा जानको लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नु पर्नेछ। 

स्पेनका लागि ओयाजाबालले दुबै हाफमा एक(एक गोल गरे भने पेड्रो पोरोले एक गोल गरे।

ओयाजाबालले खेलको ३६औँ मिनेटमा पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले मार्क कुकुरेलाको पासमा गोल गरेका थिए।

खेलको  ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। 

स्पेनका लागि यो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो।

ओयाजाबालले खेलको ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad