मिर्गौलासम्बन्धी पीडित रौतहटको ईशनाथ नगरपालिका-१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ।
वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
यसैबीच रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद किरणकुमार साहले वडाध्यक्ष साहको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनामा समवेदना प्रकट गरेका छन्। रासस
51
Shares

प्रतिक्रिया