मधेस


सर्लाहीमा कारसँगै पोखरीमा खसेका दुवै जना मृत भेटिए

सर्लाहीमा कारसँगै पोखरीमा खसेका दुवै जना मृत भेटिए

घटनास्थल


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ९:५१, काठमाडौँ

सर्लाहीको ईश्वरपुरमा आज बिहान गुडिरहेको कार पोखरीमा खस्दा डुबेका २ जना मृत फेला परेका छन्। 

सर्लाही प्रहरीका अनुसार ईश्वरपुरस्थित बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहानै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो।

सशस्त्र प्रहरीको उद्धार टोलीले कारसँगै पोखरीमा डुबेका महोत्तरीको गौशाला नगरपालिका-१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो (चालक) र महोत्तरीकै सोनमा गाउँपालिका-८ का अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुरको शव बिहान साढे ८ बजे निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

‘त्यही कारमा रहेका एक जना गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएछन्’, डीएसपी श्रेष्ठले भने बाँकी २ जना भने मृत भेटिए।’ 

उनका अनुसार उद्धार टोलीले कार पनि फेला पारिसकेको छ। 

साँघुरो बाटोमा गुडिरहेको कार आज बिहान ४ बजेतिर अनियन्त्रित भएर छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा खस्दा दुर्घटना भएको हो।

स्थानीयले बिहान साढे ४ बजे प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय केशरगन्ज, भक्तिपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेससहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवासको टोली घटनास्थल पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad