धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित पोखरीमा एक व्यक्तिको अवस्थामा शल फेला परेको छ।
स्थानीयवासीले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउने तथा अनुसन्धानको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मृतकको उमेर करिब ४० वर्ष रहेको अनुमान गरिएको छ। तर, हालसम्म उनको नाम, थर, ठेगाना तथा अन्य पहिचान खुल्न सकेको छैन।
घटनाको प्रकृति, मृत्युको कारण तथा शव पोखरीमा कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र मृतकको पहिचान तथा घटनाको यथार्थ विवरण खुलाउन थप अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया