एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा रास्वपा उम्मेदवार नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।
उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेललाई केवल ५ मतले उछिन्दै विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार विजयी पोखरेलले १३,९५३ मत ल्याएका छन् भने पराजित लुइँटेलका पक्षमा १३,९४८ भोट खसेका छन्।
सुरुवाती मतगणनामा केही पछि परे पनि पोखरेलले अन्तिम समयमा ५ मतको झिनो मतान्तरले जित सुनिश्चित गरेका हुन्।
771
Shares

प्रतिक्रिया