मोरङको विराटनगरस्थित एक गजल रेस्टुरेन्टमा किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-११, रोडशेषमा सञ्चालित ‘भिन्तुना गीत गजल’ मा कार्यरत १६ वर्षीया किशोरीलाई यातनासहित यौन कार्यमा लगाएको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले भिन्तुना गीत गजलका सञ्चालक विराटनगर-१२ का ३३ वर्षीय पर्शुराम कामत र कर्मचारी विराटनगर-८ का २६ वर्षीय मनीष ठाकुरलाई पक्राउ गरेको हो।
उनीहरूले झापा कनकाई नगरपालिका १ घर भई ५ महिनादेखि उक्त गजलमा काम गरिरहेकी किशोरीलाई कोठामा थुनेर भारतीय नागरिकहरूसँग जबरजस्ती यौन क्रियाकलाप गर्न लगाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले पीडित किशोरीको उद्धार गरेपछि उनले दिएको जाहेरीका आधारमा पुस २२ गते आरोपितहरूलाई कार्यस्थलबाटै नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका उनीहरूविरुद्ध मानव बेचबिखन तथा शरीर बन्धक कसुर अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको डीएसपी चुँडालले जानकारी दिइन्।
Shares

प्रतिक्रिया