अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो खेल श्रीलंकामा सार्न बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले गरेको अनुरोधलाई अस्वीकार गरेको छ।
आईसीसीका अध्यक्ष जय शाहले बंगलादेशले भारतमा नै आएर विश्वकप खेल्नुपर्ने नत्र अंक गुमाउने बताएका हुन्।
तर यस विषयमा अहिलेसम्म बीसीबी र आईसीसीले आधिकारिक वक्तव्य जारी गरेका छैनन्।
यसअघि टोलीको सुरक्षा चुनौतीलाई देखाउँदै बीसीबीले विश्वकपका लागि भारत यात्रा नगर्ने र आफ्ना खेलहरु श्रीलंकामा सार्न आग्रह गरेको थियो।
त्यसपछि मुम्बईको वानखडे स्टेडियममा नेपालसँग खेल्ने तालिका छ।
162
Shares

प्रतिक्रिया