कोशी


एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चर्चित नेता र मेयर उपमेयर नै पराजित

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा चर्चित नेता र मेयर उपमेयर नै पराजित

लेटाङ नगर प्रमुख भूपेन्द्र लावती, उपप्रमुख कृष्णकुमारी पोखरेल


नेपालखबर
मंसिर १४, २०८२ आइतबार २०:५४, विराटनगर

नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि मोरङबाट चयन हुने प्रतिनिधि निर्वाचनमा स्थानीय जनप्रतिनिधि र पार्टीका ठूला नेताहरू पराजित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा मोरङ–३ का संविधानसभा सदस्य रत्न गुरुङ (मधु), लेटाङ नगर प्रमुख भूपेन्द्र लावती, उपप्रमुख कृष्णकुमारी पोखरेल, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, तथा मिक्लाजुङका पूर्व अध्यक्ष देवीप्रसाद आचार्य पराजित भए।

यस्तै, एमाले मोरङका पूर्वअध्यक्ष बाबुराम कार्की, उर्लाबारी नगरकमिटीका पूर्व अध्यक्ष गंगा बाँस्तोला लगायतका जिल्ला तथा प्रदेशस्तरका अन्य नेताहरू पनि प्रतिनिधि बन्न असफल भए।

यसअघि नै संविधानसभा सदस्य पर्तमान धिमाल, बेलबारी नगरप्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पथरीशनिश्चरेका पूर्व नगरप्रमुख दिलिपकुमार राई ले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad