झापाको कमल गाउँपालिका–२ स्थित कमल खोलाको पुलमुनी एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।
आइतबार दिउँसो करिब १ बजे अन्दाजी ७०–८० वर्षको पुरुषको शव पानीले बगाई ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तोपगाछीबाट खटिएको टोलीले घटनास्थल पुगेर शवको पहिचान शिवसताक्षी नगरपालिका–१ निवासी ८० वर्षीय प्रभाखर पोखरेलको जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट टोली खटाइएको पुगेको थियो।
शवको कानुनी प्रक्रिया पूरा गरी दिउँसो पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
27
Shares

प्रतिक्रिया