मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
गत असार २३ गते देखि आन्दोलनरत आंशिक प्राध्यापक संघ र विश्वविद्यालय प्रशासनद्वारा गठित वार्ता समितिबीच औपचारिक वार्ता मार्फत सहमति कायम भएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयद्वारा गठित समितिले पेश गरेको ‘विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरूको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन– २०८२’ बमोजिम कार्यान्वयन हुने गरी संघले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजको मितिदेखि फिर्ता गरेको छ।
साथै विश्वविद्यालयद्वारा गठित वार्ता समितिले आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयनका लागि विश्वविद्यालयका प्रमुख पदाधिकारीहरुलाई सहमतिका दस्तावेज हस्तान्तरण गरेको छ।
24
Shares

प्रतिक्रिया