कोशी


झापाको नयाँ बस्तीमा जंगली हात्तीको आतंक ६ वटा घरमा क्षति

झापाको नयाँ बस्तीमा जंगली हात्तीको आतंक ६ वटा घरमा क्षति

फाइल फोटो


नेपालखबर
साउन ४, २०८२ आइतबार १४:३९, विराटनगर

झापाको भद्रपुर नगरपालिका–६ स्थित नयाँ बस्ती क्षेत्रमा गए राति जङ्गली हात्ती पसेर स्थानीयको घरहरूमा क्षति पुर्‍याएको छ।

हात्तीले छवटा घरमा आक्रमण गरी घर भत्काउनुका साथै अन्न, सामग्री र संरचनात्मक नोक्सानी गरेको प्रहरीले जनाएको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाजन्य क्षति नभएको जनाइएको छ।

प्रहरीकारअनुसार राति १० बजेतिर गाउँमा हात्ती पसेको थियो। हात्तीले घरका टिनको छाना, पर्खाल, अन्न भण्डारण सामग्री, साइकल, टेबुल, आलु लगायतका उपभोग्य वस्तुहरूमा क्षति पुर्‍याएको छ।

श्रीप्रसाद माझीको मूल घरको टाटीको बेरा, बरन्डाको टिन, १५ मन धान, तीन थान साइकल, काठको टेबल, डाइनिङ टेबल लगायत ५० हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै, फलेन्द्र राजवंशीको घरको टिनको बेरा, बदन राजवंशीको टिनको भान्सा घर भत्काएको छ। तिलि राजवंशीको घरको इँटाको पर्खाल, ढोका र पानीको धारासहितको संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

ओमप्रकाश राजवंशीको घरको पर्खाल र घरमै भण्डारण गरिएको ४ बोरा आलु नष्ट भएको छ। शुक्रराज डङ्गोलको स्टोर रुमको टिनको छाना, इँटाको वाल र झ्यालमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। जङ्गली हात्तीको आक्रमणबाट करिब एक लाख २० हजार बरावरको क्षति भएको छ। 

स्थानीयबासीहरूले जङ्गली हात्ती बारम्बार बस्तीमा पसेर आतङ्क फैलाउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad