कोशी


ग्रामथान गाउँपालिका अध्यक्षमाथि बजेट ल्याउँदा एकलौटी गरेको आरोप

ग्रामथान गाउँपालिका अध्यक्षमाथि बजेट ल्याउँदा एकलौटी गरेको आरोप

ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी


सुमन सुस्केरा
असार १२, २०८२ बिहिबार १९:१६, विराटनगर

ग्रामथान गाउँपालिकाका गाउँसभा सदस्यहरूले पालिका अध्यक्ष नमोनारायण माझीले एकलौटी रूपमा वार्षिक नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएका छन्।  

अध्यक्ष माझीमाथि कार्यपालिकाको बैठक नै बसाउन नसकेको, सभा गरेको देखाउन माइन्युट घरघर लिएर गएको जस्तो आरोप लगाउँदै गाउँसभा २० जना गाउँसभा सदस्यहरूले विज्ञप्ति जारी गरेका छन्।

कोसी प्रदेशको गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३२ बमोजिम गाउँसभामा पेस गरिने नीति, बजेट तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित गरी सहमतिका आधारमा गाउँसभामा पेस गर्नुपर्ने व्यवस्था भए पनि त्यसको उल्लंघन गर्न खोजिएको उनीहरूको आरोप छ।

गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अनुपस्थित रहेको अवस्थामा तर्जुमा गरिएको वार्षिक बजेट, नीति तथा कार्यक्रम कानुनी प्रक्रिया विपरीत हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षले कार्यपालिका बैठकबाट निर्णय नगरीकन आफूखुसी रूपमा नीति तथा कार्यक्रम ल्याउन खोज्ने यो कार्य गैरकानुनी हो।’

गाउँसभा सदस्यहरू अनुपस्थित रहेको अवस्थामा कुनै पनि निर्णय हुन नसक्ने  भन्दै उनीहरूले उक्त निर्णय गर्न खोज्नु कानुनी राज्यको धज्जी उडाउन खोजिएको उनीहरूको भनाइ छ। 

गाउँपालिकाको अध्यक्षले घर घरमा पुगेर सदस्यहरूलाई माइन्युटमा हस्ताक्षर गर्न धम्की दिइएको उनीहरुको दाबी छ।

ग्रामथान गाउँ पालिका उपाध्यक्ष गुणावती चौधरीले गाउँसभाको बारेमा आफू जानकारी नभएको बताइन्। उनले भनिन्, ‘अध्यक्षले अरूलाई बोलाएको थियो रे हामी २२ जनालाई थाहा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad