नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन्।
बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन्। उनले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए। अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको उल्लेख गरे।
'मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ। लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने। यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु। त्यसकारण हामी व्यवहारिक हुनुपर्यो,' उनले भने।
उनले अझै पनि सीमान्तकृत वर्गले निःशुल्क रूपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। शिक्षालाई पैसासँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गरे।
Shares

प्रतिक्रिया