विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रमा ७ लाख ६४ हजारको छात्रवृत्ति वितरण गरेको छ।
मोरङको पोखरिया माध्यमिक विद्यालयले निवृत्त शिक्षकलाई सम्मान गर्दै विज्ञान समूहका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण तथा अन्य विभिन्न पुरस्कारहरू प्रदान गरेको छ।
विद्यालयले आयोजना गरेको विशेष समारोहमा निवृत्त शिक्षकहरूलाई प्रशंसा पत्र, माला, दोसल्ला र मायाको चिनो प्रदान गर्दै विद्यालयमा पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको छ।
निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारादेव श्रेष्ठ, राधिका शर्मालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए। निवृत्त शिक्षकहरूको तर्फबाट बोल्दै तारादेव दाहालले शिक्षक पेसामा ३० वर्ष बिताएको अबधिमा हजारौं बालबालिकालाई शिक्षादीक्षा प्रदान गरिएको बताए।
कार्यक्रममा शिक्षकहरूको योगदानलाई स्मरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र अतिथिहरूले मन्तव्य राखेका थिए।
सोही अवसरमा विज्ञान समूहका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। साथै विभिन्न शैक्षिक, अतिरिक्त र अनुशासनसम्बन्धी क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
सोही अवसरमा विज्ञान समूहका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। साथै विभिन्न शैक्षिक, अतिरिक्त र अनुशासनसम्बन्धी क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कक्षा १ देखि १० सम्मका जेहेन्दार छात्रवृत्ति जनही २ हजारका दरले ३१ जनालाई वितरण गरिएको थियो। त्यस्तै विद्यालयले कक्षा १ देखि १० सम्मका ३० जना विद्यार्थीलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ।
प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार प्रदान गरिएको प्रधानाध्यापक भट्टराईले बताए। पुरस्कारमा १ लाख ७४ हजारको पुरस्कार वितरण गरिएको छ।
त्यस्तै कक्षा ११ मा २०८१/०८२ मा विज्ञान विषय पढ्ने २० जना र व्यवस्थापन विषय पढ्ने ५ जना जना गरी २५ जनालाई ५ लाख ७६ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको उनले बताए। आगामी दिनमा यस्तो छात्रवृत्ति थप बढाउने भट्टराईले बताए।
गरिब तथा जेहेन्दार छात्रवृत्ति गायत्री भवानी भट्टराई स्मृति कोषबाट ५ जना जना, लक्ष्मी स्मृति कोषबाट गरिब र जेहेन्दार छात्रवृत्ति र विशेष प्रतिभा छात्रवृत्ति दुई जना प्रदान गरिएको छ। दुवै छात्रवृत्ति २ हजारका दरले प्रदान गरिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमले विद्यालय हरेक हिसाबले अब्बल रहेको बताए। अहिले मात्रै २ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँतेमा प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड गएको बताए।
कक्षा ९ का दीक्षित खतिवडा र मानस थापा अन्तर्राष्ट्रिय कराँतेमा सहभागी हुन गएको बताए। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जीवन गड्तौलाले यस्तो गतिविधिले विद्यार्थीलाई प्रोत्साहन र प्रतिस्पर्धी बनाउनु पर्ने बताए।
Shares

प्रतिक्रिया