अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नेदरल्यान्ड्समा हुने नेटो शिखर बैठकमा सहभागी हुन जाँदै गर्दा पत्रकारहरूमाझ उनले मुख छाडेरै रिस पोखेका छन्।
सम्झौता भएलगत्तै आक्रमण गरेकोमा उनले इजरायलको आलोचना गरे। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग टेलिफोनमा वार्ता पनि गरेका छन्।
उनले नेतन्याहुसँग सिधा र प्रस्ट गरेको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्।
यसअघि इरानले युद्धविराम भंग गरेको आरोप लगाउँदै इजरायलले तेहरानमाथि हमला गरेको थियो। इरानी सेनाले भने आफूले युद्धविराम उल्लंघन नगरेको बताएको छ।
ट्रम्पले सामाजिक सञ्जालमा अब इजरायलले हमला नगर्ने पनि बताएका छन्।
4.3k
Shares

प्रतिक्रिया