कोशी


प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले गर्‍यो औपचारिक दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले गर्‍यो औपचारिक दाबी

नेपालखबर
पुस १४, २०७९ बिहिबार ७:१४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ। सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

माओवादी केन्द्र प्रदेश नं १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समितिसमेत निर्माण गरेको जनाए। ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ। 

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ।

समितिका अन्य सदस्यमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन्।

प्रदेश १ प्रदेशसभामा ९३ जना सदस्य छन्। नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad